सोल्टीको र्‍याम्पमा थरीथरीका फेसन प्रदर्शन

काठमाडौँ । ताहचल स्थित होटल सोल्टी बिहीबार साँझ फेसनमय देखियो । नमुना कलेजको ग्राजुएसन फेसन शोले होटल मात्र होइन वरपरको वातावरण समेत फेसनमय भएको थियो । कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत जर्नी अफ फेसनको १७ औँ संस्करणको यात्रामा केही विशेष प्रस्तुतिले फरक स्वाद पस्केको देख्न पाइयो ।

४८ फिट लामो रनवेको मध्य भागमा गोलाकार घेरामा जब क्रिएटिभ पहिरन पहिरिएका मोडलहरू एउटा निश्चित पोजमा उभिएका थिए, सबैको नजर उनीहरूमा अडिएको थियो । उनीहरूको पहिरन प्रस्तुतिको बेग्लाबेग्लै दृश्यले सबैलाई आकर्षित गदथ्र्याे । 

२७ युवती मोडलहरू र ६ युवा मोडलहरूको प्रस्तुतिमा सम्पन्न भएको उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७ औँ ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरूको जिम्मेवारीमा सम्पन्न भएको थियो भने कार्यक्रमको कोरियोग्राफी र निर्देशन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । 

करिब तीन घण्टा चलेको फेसन शोमा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रि अफ एड्भर्सिटीका पहिरन अनेकौँ स्वरूपमा प्रस्तुत भएका थिए । 

साँझको समय जति छिप्पिँदै जान्थ्यो । र्याम्पमाथि बिस्तारै मोडलहरूको चहलपहल बाक्लिँदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशालीमै उनीहरुले उपस्थितिलाई मोहित तुल्याउँदै लगे । नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक पहिरन प्रदर्शन भए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रूपमा क्रिएटिभ डिजाइनलाई र्याम्पमा देख्न पाइएको थियो । 

कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरू पदार्पण भएको नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शो आयोजना भएको थियो ।

शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए । 

7IV06330
7IV06286
7IV06012
3
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...