सोलुको माप्यमा नेपालकै पहिलो अन्तराष्ट्रिय लेभलको रक क्लाम्विङ प्रतियोगिता हुदै

सोलुखुम्बुमा नेपालकै पहिलो अन्तराष्ट्रिय लेभलको रक क्लाम्विङ प्रतियोगिता हुने भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका ५ नम्बर वडामा रहेको महभीरमा आगामी असार ३ र ४ गते माप्य महभीर खुल्ला रक क्लाम्विङ प्रतियोगिता २०८१ को आयोजना गरिदैछ । जसका लागि माप्य दुधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघ बिच सम्झौता समेत भईसकेको छ ।

साहसिक खेल रक क्लाम्विङद्धारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने मुख्य उदेश्यका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताएका छन् । प्रतियोगितामा अन्तराष्ट्रिय क्लाईमरहरुको समेत उपस्थिती रहनेछ । माप्य दुधकोशी गाउँपालिका भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि पालिका भित्र पर्यटकीय, व्यवसाहि, सांस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेकाले यसको थप विकास र प्रबर्धनका लागि रक क्लाम्विङ प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष राईको भनाई छ । यो प्रतियोगिताले माप्य दुधकोशी गाउँपालिकामा मात्र नभई सिंगो जिल्लामा नै पर्यटन प्रबर्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

माप्य महभरी खुल्ला रक क्लाम्विङ प्रतियोगिता २०८१ सञ्चालनार्थ गरिएको सम्झौता पत्रमा माप्य दुधकोशी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बुद्धिकिरण राई र नेपाल आरोहण खेल संघको तर्फबाट अध्यक्ष हरि प्रसाद धरेलले हस्ताक्षर गरेका छन् । आज (बुधबार) काठ्माडौमा एक कार्यक्रममा बिच रक क्लाम्विङ प्रतियोगिताका लागि दुई पक्षबिच सम्झौता भएको हो ।

सोही अवसरमा बोल्दै नेपाल आरोहण खेल संघका अध्यक्ष हरि प्रसाद धरेलले खेल र पर्यटनलाई संगसंगै अघि बढाउने माप्य दुधकोशीको महान योजना संचालन गरेको त्यसमा आफुहरु पनि जोडिन पाउदा खुसी लागेको बताएका छन् । प्रतियोगिताका लागि सम्झौता भए पनि विजेताका लागि पुरस्कार भने घोषणा गर्न बाकि रहेको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...