युट्युबर एल्भिसले जिते बिगबोस ओटीटी सिजन २ को उपाधि

काठमाडौं । बिग बोस ओटीटी सिजन २ ले एल्भिस यादवलाई विजेताको रुपमा प्राप्त गरेको छ । जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारे ।

उनी प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी थिए । अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् । उनी बिगबोसको घरमा वाइल्ड कार्डको रुपमा प्रवेश गरेका थिए । उनले सुरुदेखि नै घरको वातावरणलाई कायम राख्ने प्रयत्न गरे ।

सुरुमा हास्यास्पद लागे पनि पछिल्ला एपिसोडमा उनले दर्शकको मन जित्ने प्रयास गरे । एकपटक होस्ट सलमान खानले उनलाई गालीसमेत गरेका थिए । तर यसले उनको फ्यान फलोइङमा कुनै असर पारेन । यसबाट बरु उनलाई धेरै फाइदा पुग्यो ।

बिगबोस चलिरहँदा उनको स्वास्थ्य खराब बनेको थियो । जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको बताइन्छ । फिनाले सुरु हुँदा उनी शोमा देखिएनन् तर उनले पछि बिगबोसको हाउसमा इन्ट्री लिए ।

एल्भिस र अभिषेक दुवै युट्युबका चर्चित अनुहार हुन् । कार्यक्रममा उनीहरुको मित्रता समेत देखियो । सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...