शिक्षा बनिन् ‘मिस प्लस टु नेपाल २०२३’

काठमाडौँ । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल रहिन् ।

प्लस टू अध्ययनरत छात्राहरुको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उद्देश्यले आयोजित प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधि समेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्र्रतियोगितामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे ।  त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस  ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बने ।

सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगितामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रुपमा रहेका थिए । ‘मिस प्लस टू’ को उपाधि यस अगाडि अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माले पनि जितेकी थिइन् । यो उपाधिपछि उनको कलाक्षेत्रमा प्रवेश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...