जोरपाटी फुटबल क्लबले जिते उपाधि

बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि जोरपाटी फुटबल क्लबले हात पारेको छ ।

टुसाल युवा क्लबद्वारा आयोजित वडा नं ६ बौद्ध टाउन प्लानिङ फुटबल मैदानमा भएको फाइनल खेलमा जोरपाटी फुटबल क्लबले कीर्तिपुरको आर्टरिज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

जेठ ३१ गतेबाट असार २ सम्म भएको प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको थियो । विजेता टिम जोरपाटी फुटबल क्लबले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कीर्तिपुरको आर्टरिज क्लबले नगद २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलमा जोरपाटी फुटबल क्लबका जर्सी नं १४ का खेलाडी युवराज ढकालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेललाई बराबरीमा ल्याउन कीर्तिपुरको आर्टरिज क्लबका खेलाडीहरूले धेरै प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन सकेन।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक जोरपाटी फुटबल क्लबका अनिश माझी, उत्कृष्ट डिफेन्स आर्टरिज क्लबका सुवास तामाङ ,उत्कृष्ट स्ट्राइकर जोरपाटी फुटबल क्लबका बुद्ध लामा घोषित भए । उनीहरूले नगद ५ हजार रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरे ।

विजेता टिमलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक शान्ति लामा‚ टुसाल युवा क्लबका संरक्षक चन्द्रदिप लामा, तामाङ कल्याण गुठिका उपाध्यक्ष सोनाम लामा, ओम तामाङ सुखदुख गुठीका अध्यक्ष सुरज रुम्बा‚ टुसाल युवा क्लबका अध्यक्ष विजय लामा‚ समितिका सदस्यहरू जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा पशुपतिनाथ ९श्याम० खतिवडा लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुमार लामाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने हेतु विगत १४ वर्ष पछि पुनः दोस्रो बौद्धनाथ क्षेत्र विकास कप आयोजना गरिएको बताए । उनले खेलकुदमा रुचि राख्ने युवाहरूलाई थप हौसला र प्रोत्साहन प्रदान गर्न र खेलको माध्यमबाट बौद्धनाथको प्रवर्द्धनमा समेत टेवा पुगोस् भन्ने हेतुले उक्त प्रतियोगितामा बौद्धनाथ क्षेत्र विकास समितिले सहयोग गरेको बताए।

उनले टुसाल युवा क्लबले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई टुसाल युवा क्लबमा समावेश गरी बि डिभिजन खेल्ने मौका प्रदान गर्न समेत अनुरोध गरेका थिए। टुसाल युवा क्लबलाई ए डिभिजनसम्म पुर्‍याउनको लागि आफ्नो व्यक्तिगत र समितिको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफू पनि युवा भएको र युवा खेलाडी र खेलकुदलाई कसरी माथि उठाउने भन्नेमा चिन्तित रहेको बताउँदै उनले आगामी वर्षमा पनि समितिले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।

असार १५ गते बौद्धनाथ क्षेत्र विकासले कराँते प्रतियोगिता समेत आयोजना गर्न लागेको जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष विजय लामाले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। उनले क्लबले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...