माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

सोलुखुम्बु  _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी  गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा  बसेको गाउँ कार्यपालिका बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ थामेमा आएको बाढीबाट पीडित परिवारलाई २८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।
गत साउन ३२ गते थामे खोलामा आएको बाढीले थामेमा १५ घर पूर्णमा पूर्ण क्षति र झण्डै ३ दर्जन घरमा आंशिक क्षति पुर्‍याएको थियो।

प्राकृतिक बिपत्तिका कारण आफ्ना छिमेकी  गाउँपालिकाको पीडित परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले थामे बाढी पीडितलाई आर्थिक सहयोग गर्नु
मानवीय धर्म भएकाले सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले  बताउनुभयो।

सोहि हिमताल फुटेर आएको बाढिले माप्य दुधकोशी गाउँपालिका वडा न. १ र २बिच पर्ने दुधकोशी नदीमा रहेको माप्य-खुम्बु मितेरी मोटरेबल पुलमा क्षती पुर्‍याएको थियो । उक्त मोटरेबल पुललाई यहि हिउदको समयमा तत्काल निर्माण गर्ने निर्णय गरिएको छ ।
संगै ७ वटै वडा  भित्रको सडकलाई दशैका अगावै  बाटो सरसफाइ गर्ने कार्यपालिका बैठकले निर्णय भएको उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...