हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो मन्त्रालयको नेतृत्व अपवादबाहेक सिनियर नेताहरुलाई दिने गरिएको छ । एमालेमै पनि विद्या भण्डारी, ईश्वर पोखरेल लगायत सिनियर नेताहरुले यो मन्त्रालय सम्हालेका थिए । तर सोमबार मन्त्रिपरिषद विस्तार हुँदा राष्ट्रिय राजनीति र एमालेभित्र समेत धेरै फराकिलो परिचय नभएका राई रक्षामन्त्री बनेका हुन् ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित राई पहिलो पटक मन्त्री बनेका हुन् । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा जन्मिएका राईले ईमान्दारिता, निष्ठा र धैर्यता भएको नेताका रुपमा स्वच्छ छवि बनाएका छन् । त्यसो त उनी सधैं सबै भेट र जनभेटमा भन्ने गर्छन् ‘यो पदमा पुगेको छु । यो पद पाएर के के नै पाए भन्ने लागेको छैन । जिम्मेवारी बहन गर्दै जाँदा यहाँ पुगियो । बरु आफ्नो जिम्मेवारी पूरा गर्न कति सक्छु त्यसको ठूलो चिन्ता छ ।’

५२ वर्षीय राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । २०४२ सालदेखि २०४५ सालसम्म भूमिगत रुपमा अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका उनी २०४६ देखि ०४७ सम्म अखिल नेपाल किसान संघ सोलुखुम्बुको जिल्ला सचिवालय सदस्य बनेका थिए । २०४८ सालमा नेकपा एमालेको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य हुँदै क्रमशः उपसचिव, उपाध्यक्ष, कार्यवहाक अध्यक्ष भए । २०७२ सालमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनले त्यसबीचमा माओवादी र एमालेबीचको पार्टी एकतापछि बनेको नेकपाकोसमेत जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसरी पार्टी राजनीतिको तल्लो कमिटीबाट राजनीतिमा प्रवेश गरेका राई २०७८ मंसिरमा एमालेको केन्द्रीय समिति सदस्यमा मनोनित भएका थिए । विश्वभर रहेका सिंगो खालिङ समुदायबाट उपल्लो तहमा पुग्ने पहिलो व्यक्तिसमेत बनेका छन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...