माप्यमा ऐतिहासिक एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न !

सोलुखुम्बु _ सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित “एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। आज गाउँपालिकाको कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटर को म्याराथन प्रतियोगितामा ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै महाकुलुङ्गका अर्जुन कुलुङले प्रथम उपाधि उचालेका हुन ।   यस्तै प्रतियोगिता क्रमशः दोश्रो स्थान रामेछापका होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा , भने तेश्रो स्थान महाकुलुङकै सुमन कुलुङ्गले  ५ घण्टा १ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए ।   खुल्ला महिला तर्फको प्रथम उपाधि भारतका सविना राईले  ४७ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम भएकी छिन । भने दोश्रो स्थान खोटाङकी निर्मला राईले ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा ,तेश्रो स्थान ल्हाक्पा निङ्मा शेर्पाले ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गरेकि छिन ।

विधागत प्रतिष्पर्धाको ३० देखी ३९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राईले जितेका छन।

महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः अनिता राई, शुस्मा राई र आङ छुटिङ शेर्पाले जितेका छन् । यस्तै १८ देखी २९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेतले जितेका छन भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राईले हात पारेका छन ।  यता ५० देखी ६५ उमेर समुहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान अन्तबिर राई, काजिमान राई र भीम बहादुर तामाङले हात पारेका छन ।  भने महिला तर्फको प्रथम स्थान एकल प्रतिस्पर्धी सुनवरी राईले हात पारेकी छन् । बिहान ७ बजेर १० मिनेटमा सुरु भएको प्रतियोगिता साँझ ६ बजे सम्पन्न भएको थियो ,उक्त म्याराथनमा २०३ जनाले भाग लिएका थिए भने ४७ किलोमीटर १०९ जनाले पार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...