कृषिमा फड्को मार्दै माप्य दुधकोशी, कृषिको १० वर्षे गुरु योजना सुरु

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले युवालाई गाउँमै टिकाउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

दिर्घकालिन कृषि गुरु योजना रणनिती निर्माण गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले बरोजगारीको समस्या समाधान गरि विदेशिने युवाहरुलाई नेपालमै टिकाउने वातावरण सिर्जना गर्ने बताएका हुन् । जसका लागि आफुहरुले कृषिमा जोड दिने उनको भनाई छ । उनले भने, “कृषि नै समृद्धिको मुल आधार हो, कृषिलाई नै आधुनिकिकरण र व्यवसायिकरण गरि स्वरोजगारी सिर्जना गर्न सकिन्छ जसका लागि हामी लागि परेका छौ ।”

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ दिर्घकालिन कृषि गुरु योजना रणनिती निर्माण गर्ने सम्बन्धी अन्तरक्रिया गरिएको हो । गाउँपालिकाको आयोजना तथा नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्राली काठमाण्डौको प्राविधिक सहयोगमा आज (बुधबार) बाट १० वर्षे दीर्घकालिन कृषि गुरु योजना सुरु भएको छ । जसका लागि गाउँपालिकाको सभाहलमा आज अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा नेपाल फार्मर्स काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीको पनि उपस्थिती रहेको थियो । सोही अवसरमा बोल्दै उनले कृषि सुहाउदो माप्यको भुगोल रहेकाले भौगोलिक्ताका आधारमा खेति गर्न सुझाव दिएका छन् । गाउँपालिकाको माटो समेत परिक्षण भईरहेका उनले बताए ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष गौरव राई, कृषि विज्ञ, गाउँपालिकाका कर्मचारी, वडाअध्यक्ष, शिक्षक लगायत ७ वटै वडाका कृषकहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...