माप्य दुधकाेशीकाे समन्वयमा नयाँ पाठयक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न

सोलुखुम्बुको हिमालय मावि खास्तापमा १ दिने नयाँ पाठयक्रमको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमलाई माप्य दुधकोशी गाँउपालिका अध्यक्ष बुद्धि किरण राईको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष गौरव राईको विशिष्ट आतिथ्यमा कार्यक्रम उद्धघाटन भएको हो । शिक्षा विकास तथा समन्वयमा इकाई सोलुखुम्बूको आयोजना तथा माप्य दुधकाेशी गाँउपालिकाकाे समन्वयमा यो कार्यक्रम सञ्चालन भएको हो ।

नयाँ पाठयक्रम कक्षा ५,८ र १० को कार्यान्वयनको लागी स्थानीय तह स्तरीय पाठयक्रम प्रबोधिकरण कार्यक्रम रहेको हो । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तु बारे जानकारी दिन कार्यक्रम गरिएको हो । आधारभुत शिक्षा विषय नेपाली,गणित,विज्ञान अंग्रेजी र सामाजीक बिषयको नया प्रबोधीकरण गरी सिकाइमा सहजीकरण होस भन्नको लागी यो कार्यक्रम गरिएको छ ।

कार्यक्रममा २२ विद्यालयबाट ४८ जना शिक्षकहरू सहभागी रहेका छन । गाउँपालिकाका माध्यामिक र आधारभुत विद्यालयका प्रधानाध्याकहरुलाई कक्षा पाँच, आठ र दशका नयाँ पाठ्यक्रम तयार भई कार्यान्वयनमा आएकोबारे जानकारी दिन प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको हो ।

पठन पाठनमा देखिएका समस्याहरुको समाधानका उपायहरु र शिक्षा विकास तथा समन्वय ईकाईले नयाँ पाठ्यक्रममा समावेश भएका विषय वस्तु परिमार्जन भएका विषयबारे विद्यालयका प्रधानाध्यापकलाई जानकारी दिएर पठन पाठनमा सामुदायिक विद्यालयहरूको शिक्षामा गुणस्तरीयता ल्याउन माप्य दुधकोशी गाउँपालिकाको प्रयास रहेकाे छ, सिक्दै र सिकाउदै समाज रुपान्तरण गर्ने कार्यक्रम आयोजना गरिएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...