सानो फुलबारी सामुदायिक संस्था डाँडागाउँको आयोजनामा भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु

सोलुखुम्बु _सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा न. ४ डाँडागाँउ स्थित सानो फुलबारी सामुदायिक  संस्थाले आयोजना गरेको  सोलुखुम्बु ब्यापी नयाँ संरचना अनुसार वडा स्तरीय महिला तथा पुरुष भलिबल, माप्यदुधकोशी गाउँपालिका खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता कार्यक्रमको  आज उद्घाटन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी बुद्धिकिरण, विशिष्ट अतिथी यसै गा.पा.का उपाध्यक्ष गौरब राई, वडा.४का वडा अध्यक्ष भक्त बहादुर राई,अन्य वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, बुद्धिजीवी, सरोकारवालाको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन  गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले गर्नु भएको छ। संस्थालाइ  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्याक्तित्वहरु ,खालिङ्ग पुर्खाहरुलाई कदर पत्रले यस संस्थाले सम्मान गरेका छन ।
यस प्रतियोगितामा भाग लिने भलिबल तर्फ महिला पुरूष गरि ३० टिम ,ब्याटमिन्टन तर्फ ४० टिम रहेका छन। भलिबल तर्फ आज पहिलो खेल माप्य दुधकोशी गा.पा ५ र माप्य दुधकोशी गा.पा ३ बिच भएको थियो । तर पहिलो सेट पछि समयको अभावमा खेल स्थगित गरिएको थियो ।सोही खेल भोलि बिहान हुने आयोजकले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...