सानो फुलबारी सामुदायिक संस्थाले भलिबल खेलको आयोजना गर्दै

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा न.४ सानो फुलबारि सामुदायिक संस्था डाँडागाउँमा यहि माघ २ गते देखि ४ गते सम्म विभिन्न बिधाका खेल संञ्चालन हुने भएको छ। सोलुखुम्बु जिल्ला ब्यापी नयाँ संरचना अनुसार वडाको महिला तथा पुरुष भलिबल प्रतियोगिता, माप्य दुधकोशी गाउँपालिका स्तरीय महिला तथा पुरुष डबल ब्याड्मिन्ट्न प्रतियोगिता संचालन हुने भएको छ। यस कार्यक्रमको प्रमुख अतिथि माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,विशिष्ट  अतिथि यसै गाउँपालिकाका उपाध्यक्ष गौरव राईको आतिथ्यता कार्यक्रमको उद्घाटन सम्पन्न हुने  आयोजकले बताएको छ। कार्यक्रमको उत्घाटन संगै भिभिन्न बिधाका खेल पनि सुचारु हुने बताएका छन। उक्त खेलमा खेलाडीलाई उत्कृष्ट धन राशी पुरस्कारको ब्यबस्था गरिएको साथै भलिबल प्रतियोगितामा भागलिने प्रतियोगिहरुले प्रथम,द्वितीय तृतीय र सान्त्वनालाई क्रमश:५०,४०,३०र१० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिन्छ,भने माप्य स्तरीय डबल ब्याडमिन्टन तर्फमा भाग लिने प्रतियोगिहरुले प्रथम ,द्वितीय तृतीय क्रमशः १५,१०,र ८ हजारको साथमा ट्रफी ,मेडल र संस्था प्रमाणपत्र प्रदान गरिनेछ। साथै कार्यक्रमको अन्तिम दिन सास्कृतिक साझ संगै स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति समेत रहने आयोजकले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...