सोलुखुम्बु _ सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास घर निर्माण भएको छ। करिब १० बर्ष यता त्रिपाल मुनि रात बिताएका राईले नयाँ घर पाएका छन। उक्त घर निर्माण गर्दा लागत खर्छ ३ लाख लागेको थियो ,पालिका र रिड नेपालको ५०%/५०% लगानी गरेर सप्पन्न गरेका हो। हस्तान्तरण क्रम माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई उक्त गाउँपालिका उपाध्यक्ष गौरव राई रिड नेपालका कार्यक्रम संयोजक केशव गिरि लगायतका टोलि हरुले सो घर हस्तान्तरण गरेका हुन सोही क्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले यो घर निर्माण गर्न पाउँदा आफू हर्सित भएको जानकारी दिनु भयो ।गरिब दिन दुखी असहाय को पक्षमा सधै स्थानीय सरकार रहेको जानकारी दिनु भयो। सोही क्रमा उपाध्यक्ष गौरव राईले पनि समर्थन जनाउदै यस्ता गरिब निमुखाको सेवा गर्न पाउँदा आफू ज्यादै खुसी भएको आउदो दिनमा माप्य सरकार यस्ता कार्यक्रममा सदसुमन रहने ब्यक्त गर्नु भयो ।






