रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न भएको हो । रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलको अध्यक्षता एवं गाउँपालिका प्रमुख बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा  कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले पालिकाको शैक्षिक विकासमा रीड नेपालको योगदान अतुलनीय रहेको बताउनु भयो आजको आवश्यकता व्यावहारिक शिक्षा रहेको भन्दै रीडसंग मिलेर व्यावहारिक शिक्षालाई जोड दिएर कार्यक्रम अगाडि बढाउने बताउनु भयो । साथै पालिकाको बालसंरक्षण नीतिलाई छिट्टै  पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य समावेशी शिक्षा, अपाङ्गता र बालसुरक्षाको विषयलाई नीति निर्माण तहमा र व्यवहारमा लागु गराराएर शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्ने रहेको बताउनु भएको थियो । सहभागीलाई सक्रियताको लागि धन्यवाद दिँदै सिकेका कुरा आ–आफ्नो क्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नु भयो । सहभागीको तर्फबाट बोल्दै हिमालय मावि का प्रअ देवी कुमारीले कार्यशालाबाट निकै महत्वपूर्ण सिकाइ भएको भन्दै कार्यन्वयनमा जोड दिने बताउँदै  आयोजकलाई धन्यवाद दिनु भयो ।

रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले पालिकासँगै मिलेर आगामी कार्यक्रम तय गर्ने बताउनु भयो । कार्यक्रमा पालिका अध्यक्ष उपाध्यक्ष गौरब राई , पालिकाका वडा अध्यक्ष शाखा प्रमुख प्रअ गरी २५ जनाको उपस्थिति रहेको थियो कार्यक्रमको सहजीकरण अपाङ्गता विज्ञ रामलाल धामी, नेपाल सरकारका पुर्व उपसचिब गोकर्ण शर्मा लगायत रीड नेपालका प्रशिक्षकले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

४७ किलोमीटर एभरेस्ट भ्भु ट्रेल म्याराथुन प्रतियोगिता सम्पन्न

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न उमेर समुहका प्रतिस्पर्धा म्याराथन प्रतियोगिताको...

कालिका आधारभूत विद्यालयको  नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवन अध्यक्ष राईद्वारा उद्धाटन !!

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच...

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

माप्य दुधकोशीगाउँपालिकामा सुरु भयो ८ दिने मेलमिलाप आधारभुत तालिम सुरु

 सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आठ दिने मेलमिलाप आधारभुत तालिम सुरु भएको छ । न्यायिक निरुपणलाई सरल, सहज र विश्वासिलो बनाउन...

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

माप्य दुधकोशी गाउँपालिकाको वडा न.६ का चन्द्र बहादुर राईले नयाँ घर पाए!!!

सोलुखुम्बु _  सोलुखुम्बुको माप्य दुधकाेशि गाउँपालिका तथा रिड नेपालको संयुक्त आर्थिक लगानिमा वडा नं. ६ का चन्द्र बहादुर राईको निजि निवास...

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

रीड नेपाल : माप्यमा सकियो अपाङ्गता तथा बालसुरक्षा सम्बन्धी ४ दिने तालिम 

सोलुखुम्बु _  समावेशी शिक्षा अपांगता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठी माप्यादुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा संचालित कार्यशाला आज सम्पन्न...

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

थुलुङ दुधकोशीमा छैटौँ अध्यक्ष रनिङ शिल्ड भव्य हुने!

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।...