
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छैटौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता र पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिकाको कार्यालय मुक्लिमा आयोजना गरिएको
कार्यक्रम यही पुष २५ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । जसमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको भव्य प्रश्तुती रहने सांगितिक साझसंगै कृषि मेला प्रदर्शनीको समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
खेलकुद तर्फ जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष अध्यक्ष रनिङ शिल्ड भलिवल प्रतियोगिता, खुल्ला महिला तथा पुरुष डबल व्याटमिन्टन प्रतियोगिता, खुल्ला महिला तथा पुरुष सिंगल टेबल टेनिस प्रतियोगिता र स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन हुनेछ । सोही कार्यक्रमको बृहत सांस्कृतिक साझमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रश्तुती रहने गाउँपालिका अध्यक्ष अशिम राईले बताए ।
कार्यक्रममा चर्चित गायक शिव परियार, कुमार प्रयास राई, कृष्ण राई, इन्द्रकला राई र सुविध्या राई लगायतका कलाकारहरुले प्रश्तुती दिनेछन् । समाजमा भएका रहेक क्षमताहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न अवसर दिने उदेश्यका कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईको भनाई छ ।





